Rumpum Advertisement
Dazzu

न्युजिल्याण्डका पुनर्निर्वाचित प्रधानमन्त्री आर्डेनलाई ओलीको बधाई

न्युजिल्याण्डका पुनर्निर्वाचित प्रधानमन्त्री आर्डेनलाई ओलीको बधाई

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेका छन् ।

बिहीबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनलाई बधाई सन्देश पठाउँदै उनको कार्यकालको सफलताको कामना गरे ।

सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेका छन् ।