Rumpum Advertisement
Dazzu

गुणस्तरीय, सस्तो र भरपर्दो सेवा दिन टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

गुणस्तरीय, सस्तो र भरपर्दो सेवा दिन टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं, २० कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

मन्त्री भएपछि पहिलोपटक बिहीबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयको अनुगमन गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सेवाग्राहीको चाहना र निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अग्रणी रहिरहन पनि नेपाल टेलिकमले सबैभन्दा गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रदान गर्नैपर्ने स्पष्ट पारे ।

मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौताअनुसार हरेक वडा तहसम्म इन्टरनेट सेवा विस्तारमा ढिलाई नगर्न पनि उनले सचेत गराए । मन्त्री गुरुङले सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने योजना कार्यान्वयनको काममा केन्द्रित हुन पनि टेलिकमका पदाधिकारीहरूलाई सचेत गराए ।

‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाउन नेपाल टेलिकममा आवद्ध कर्मचारी संघ, संगठनलाई पनि आग्रह गरे ।

नेपाल टेलिकमको सेवालाई अब्बल बनाउन विभागीय प्रमुखहरूले नयाँ कार्य योजनाका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री गुरुङले सरकारी संस्थाहरू भ्रष्टाचार लगायतका गलत कार्यका कारण धरासायी बन्दै गएको उल्लेख गर्दै त्यसो हुन नदिने दृढता व्यक्त गरे ।

प्रतिक्रिया

  1. बल्ल दिमाग मा हावा लागेछ आज सम्म संचार मन्त्री को घाँस चर्नै गएको थियो कि कसो

Comments are closed.