Rumpum Advertisement

आज पनि दिल्लीको प्लेइङ एलेभेनमा परेनन् सन्दीप

आज पनि दिल्लीको प्लेइङ एलेभेनमा परेनन् सन्दीप

विराटनगर, २० कात्तिक । नेपाली लेग स्पीनर सन्दीप लामिछाने यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा मुम्बईविरुद्ध खेल्ने दिल्लीको प्लेइङ एलेभेनमा समावेश भएनन् ।

जारी आईपीएलको दुवै भेटमा मुम्बईसँग पराजित भइसकेको दिल्लीले आज सन्दीपलाई ‘ट्रम्प कार्ड’को रूपमा प्रयोग गर्नसक्ने बताइए पनि उनी प्लेङ ११ मा परेनन् ।

दिल्लीले कप्तान श्रेयस ऐयरका साथै पृथ्वी शअ, शिखर धवन, अजिन्क्या रहाने, रिषव पन्त, मार्कुस स्टोइनिस, अक्षर पटेल, डेनिस साम्स, रविचन्द्रन आश्विन र एनरिच नोर्त्जेलाई सुरुआती ११ मा राखेको छ ।

आईपीएल अन्त्यतिर आइपुग्दा यूएईका पिचहरू स्लो भएको र नेपाली लेग स्पीनर सन्दीप लामिछानेले यसको सही उपयोग गर्नसक्ने भन्दै आजको खेलमा उनलाई टिममा समावेश गर्नुपर्ने भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाईम्सले उल्लेख गरेको थियो ।

२०१८ मा दिल्लीबाट आईपीएलमा डेब्यू गरेका सन्दीपले २०१८ र १९ का दुई सिजन गरी हालसम्म नौ खेल खेल्दै तेह्र विकेट लिइसकेका छन् । डेब्यू सिजन नै तीन खेलमा पाँच विकेट लिएका लामिछानेले २०१८ आईपीएलको ५५औं खेलमा मुम्बईको तीन विकेट लिन सफल भए ।

तर, यस सिजनमा भने उनले खेल्न पाएका छैनन् ।

दिल्लीले टस जितेर बलिङ गर्ने भएकाे छ ।