Rumpum Advertisement
Dazzu

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत स्थानमा

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत स्थानमा

विराटनगर, २० कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । बिहीबार आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरीयतामा नेपाल १६औं स्थानमा यथावत रहन सफल भएको हो ।

नयाँ वरीयताअनुसार नेपालले ९ खेलबाट १ सय ६१ रेटिङ अंक पाएको छ । एकदिवसीय वरीयतामा इंग्ल्याण्ड शीर्ष स्थानमा रहँदा दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया र पाँचौंमा दक्षिण अफ्रिका रहेका छन् ।

टी–ट्वान्टी वरीयतामा भने नेपाल १५औं स्थानमा छ ।