Rumpum Advertisement
Dazzu

कोशी ग्यासको सिलिण्डरमा करिब साढे तीन किलो ग्यास कम

कोशी ग्यासको सिलिण्डरमा करिब साढे तीन किलो ग्यास कम

विराटनगर, २० कात्तिक । कोशी ग्यासको एउटा सिलिण्डरमा करिब साढे तीन किलो तौल कम पाइएको छ ।

बूढीगंगा गाउँपालिकामा रहेको उद्योगले बिक्रीका लागि बजार पठाएको सिल अवस्थामा रहेकाे एउटा सिलिण्डरमा साढे तीन किलो तौल कम पाइएको हो ।

विराटनगर महानगरपालिका–२ तीनपैनीका उपभोक्ता रतनकुमार बर्माले खरिद गरेको कोशी ग्यासको सिलिण्डरको तौल २९ किलो ६ सय ग्राम हुनुपर्नेमा २६ किलो ३ सय ग्राम मात्र पाइएको हाे ।

प्रत्येक सिलिण्डरमा ग्यास उद्योगहरूले १४ किलो २ सय ग्राम ग्यास भरेर पठाउने गरेकोमा बर्माले खरिद गरेका सिलिण्डरको तौल ३ किलो ३ सय ग्राम कम भेटिएको हो ।

बर्माले बिहीबार खरीद गरेका दुईवटा सिलिण्डर खरिद गरेका थिए । जसमा एउटामा कम तौल पाइएको हो ।

ताैल कम भेटिएकाे सिलिण्डर

कम ग्यास फेला परेको खाली सिलिण्डरको तौल १५ किलो ४ सय ग्राम रहेको कम्पनीद्वारा प्रिन्ट गरिएको सूचनामा उल्लेख छ । ग्यास बिक्री गर्ने टेम्पु चालकसँग खरिद गरेको एउटा सिलिण्डरमा कम तौल भेटिएको उनले बताए ।

खरिद गरिएको सिलिण्डर तौल कम फेला परेपछि बिक्री गर्ने टेम्पु चालक दक्षिणतर्फ हिँडेकाे र पछि आफूले पछ्याएर फेला पारेको उनले बताए । टेम्पु चालक राजकपुर मण्डलले आफूले बाहिरबाट खरिद गरेर डुलाउने गरेको बताए ।

उद्योगबाट कम ताैलकाे सिलिण्डर गएको छैन : उपाध्याय

यता कोशी ग्यास उद्योगका म्यानेजर सचित उपाध्यायले उद्योगबाट कम तौलको सिलिण्डर बजारमा नगएको बताएका छन् ।

एउटा सिलिण्डरमा कम तौल भेटिएको बारेमा आफूलाई जानकारी भएको बताउँदै उनले टेम्पाेमा बिक्री गर्नेले बदमासी गरेको बताए । उद्योगबाट गल्ती नभएको उनको दाबी छ ।

प्रतिक्रिया

  1. दोषिलाई कारवाही हुनु पर्छ ।

Comments are closed.