Rumpum Advertisement
Dazzu

प्रदेश १ मा आज ५९५ संक्रमित निको भए, ४०१ जनालाई कोरोना

प्रदेश १ मा आज ५९५ संक्रमित निको भए, ४०१ जनालाई कोरोना

विराटनगर, २० कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५९५ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनमा ५६३, बेलबारी आइसोलेशन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल संखुवासभामा ४, विराट मेडिकल कलेज, बैजनाथपुर आइसोलेशन, बी जेनरल अस्पताल हरिनगर र धाइजन आइसोलेशन केन्द्र र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २–२ जना डिस्चार्ज भएका हुन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६९५ पुगेको छ ।

प्रदेश १ मा आज ४०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३४, झापामा ११८, सुनसरीमा १०२, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैंचामा १५, पथरीशनिश्चरेमा ९, बेलबारीमा ८, रतुवामाईमा ६, रंगेलीमा ५, लेटाङ र केराबारीमा ३–३, कटहरीमा २, बूढीगंगा, धनपाल, मिक्लाजुङ, ग्रामथान र सुनवर्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ४८, बिर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५–५, शिवसताक्षी र भद्रपुरमा ३–३, कनकाई र मेचीनगरमा २–२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४८, इटहरीमा २९, बराहक्षेत्र र इनरुवामा ६–६, रामधुनी र बर्जुमा ५–५, दुहवीमा २ र भोक्राहानरसिंहमा १, उदयपुरको त्रियुगामा १४, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँधुरीगढीमा १, इलामको चुलाचुलीमा २ र देउमाईमा १,संखुवासभाको धर्मदेवी र मादीमा १–१, तेहथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८०२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५९ महिला र २४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ६६ हजार १०३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।