Rumpum Advertisement
Dazzu

सन्तान नभएकाे विषयमा झगडा हुँदा श्रीमानको हत्या, श्रीमती पक्राउ

सन्तान नभएकाे विषयमा झगडा हुँदा श्रीमानको हत्या, श्रीमती पक्राउ

सल्यान, २० कात्तिक । श्रीमानको हत्या गरेको आरोपमा श्रीमती प्रक्राउ परेकी छन् । सल्यानको कपुरकोट गाउँपालिका–५ पाङराङ बस्नेत ५४ वर्षको रामे कामीको हत्या गरेको आरोपमा श्रीमती ४३ वर्षीया ईश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिचि पिर्का (चौकी)ले टाउँकोमा प्रहार गरी हत्या गरेको मृतकका बुबाले प्रहरीलाई जानकारी दिएका छन् ।

कुनै सन्तान नभएको र जग्ग्गा बेचेर पसल गर्ने विषयमा झगडा हुने गरेको मृतकका बुबाले पर्से कामीले किटानी जाहेरीमा उल्लेख गरेका छन् ।

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती कामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले बताए ।