Rumpum Advertisement
Dazzu

कोरोना संक्रमण भएका सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री शाह अस्पताल भर्ना

कोरोना संक्रमण भएका सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री शाह अस्पताल भर्ना

कैलाली, २० कात्तिक । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहलाई कोरोना अस्पतालमा भर्ना गरिएको छ ।

१५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका शाहलाई मन्त्री शाहको नाकबाट रगत बग्न थालेपछि बिहीबार सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

केही दिन सुरक्षित ढंगले होम आइसोलेहनमा रहेका उनलाई आज अस्पताल भर्ना गरिएको हो । उपचारमा खटिएका चिकित्सकका अनुसार उनको अवस्था सामान्य छ ।

अहिले रगत बग्न रोकिएको बरिष्ठ फिजिसियन डा. शेरबहादुर कमले बताए ।

१५ कात्तिकमा मन्त्री शाहसँगै उनकी पत्नीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।