Rumpum Advertisement

आज १८ संक्रमितको मृत्यु

आज १८ संक्रमितको मृत्यु

विराटनगर, २० कात्तिक । नेपालमा बिहीबार थप १८ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट ज्यान गएको जनाएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएकाे १३ हजार ६८ जनाकाे परीक्षणमा थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो । आज संक्रमण पुष्टि हुनेमान १२ सय ९ महिला र १८ सय ४२ पुरुष रहेका छन् ।

आज थप ३४ सय ३० जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ७९.८ प्रतिशतले कोरोना जितेका हुन् ।