Rumpum Advertisement

आज थपिए तीन हजार ५१ संक्रमित

आज थपिए तीन हजार ५१ संक्रमित

विराटनगर, २० कात्तिक । नेपालमा बिहीबार थप तीन हजार ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएकाे १३ हजार ६८ जनाकाे परीक्षणमा थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । आज संक्रमण पुष्टि हुनेमा १२ सय ९ महिला र १८ सय ४२ पुरुष रहेका छन् ।

यससँगै संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०१ महिला र ७९७ पुरुष गरी थप १३ सय ९८ जना संक्रमित भेटिएका छन् ।

आज थप ३४ सय ३० जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ७९.८ प्रतिशतले कोरोना जितेका हुन् ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ५२ पुगेको छ । बिहीबार थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।