Rumpum Advertisement
Dazzu

मंगलबार मन्त्रीको पुनः परीक्षण रिपोर्ट पोजेटिभ, बुधबार स्वतः डिस्चार्ज

मंगलबार मन्त्रीको पुनः परीक्षण रिपोर्ट पोजेटिभ, बुधबार स्वतः डिस्चार्ज

विराटनगर, २० कात्तिक । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की स्वतः कोरोना संक्रमणमुक्त भएका छन् । दोस्रो पटक पीसीआर जाँच गर्दा मंगलबार कोरोना पोजेटिभ देखिएका मन्त्री कार्की बुधबार स्वतः संक्रमणमुक्त हुँदै होम आइसोलेसनबाट डिस्चार्ज भएका हुन् ।

सामान्य अवस्थाका संक्रमितले १४ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण आवश्यक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय परीक्षण मार्गनिर्देशनअनुसार मन्त्री कार्की संक्रमणमुक्त भएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलका अनुसार दोस्रो पटक पीसीआर जाँच गर्दा मन्त्रीको स्वाबमा भाइरल लोड ३५ प्रतिशत देखिएको थियो । लोड कम देखिएकाले निर्देशिकाअनुसार मन्त्री स्वतः होम आइसोलेसननबाट डिस्चार्ज भएको उनले बताए ।

सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्ग निर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. सुरेश मेहताले बताए ।

सामाजिक विकास मन्त्रालयले संक्रमण देखिएको दुई सातापछि सामान्य अवस्थाका संक्रमितको स्वतः डिस्चार्ज गर्नेगरी तयारी सुरु गरेको छ ।