Rumpum Advertisement
Dazzu

सरकारी निर्णय सर्वोच्चद्वारा अस्वीकार, संक्रमितको उपचार शुल्क लिन नपाइने

सरकारी निर्णय सर्वोच्चद्वारा अस्वीकार, संक्रमितको उपचार शुल्क लिन नपाइने

काठमाडौं, २० कात्तिक । सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचारमा शुल्क लिन नपाउने पुनः निर्णय गरेको छ । सरकारको ‘संक्रमणको आशंकामा परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न नसकिने’ भन्ने निर्णयलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतले नै गरेको फैसला उल्ट्याउनुपर्ने माग राखी सरकारले दर्ता गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।

सर्वोच्चले जारी गरेको यो आदेशसँगै सबै नागरिकको निःशुल्क उपचारका लागि सरकार थप बाध्य हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क कोरोना परीक्षण र संक्रमितको उपचार गर्नु भन्ने सर्वोच्च अदालतको फैसला गलत भएको भन्दै त्यसलाई उल्ट्याउनुपर्ने निर्णय गरेको थियो । त्यसविरुद्धको अवहेलना निवेदनसमेत बिहीबार नै सुनुवाइ भइसकेको छ ।

गत असोज १५ गतेको फैसला उल्ट्याउनुपर्ने भनी स्वास्थ्य मन्त्रालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको थियो ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले त्यो फैसला पुनरावलोकन गर्न नपर्ने भनी आदेश गरेको हो ।