Rumpum Advertisement
Dazzu

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा (फिल्मसहित)

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा (फिल्मसहित)

विराटनगर, २० कात्तिक । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक भएको छ ।

फिल्मलाई बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । हलमा रिलिजको डेढ वर्षपछि नजिकिँदै गरेको तिहारको छेको पारेर फिल्मलाई सार्वजनिक गरिएको हो । फिल्ममा एक सेलिब्रेटी र फ्यानबीचको प्रेम देखाइएको छ । सुनिल थापाको निर्माण र झरना थापाको निर्देशनमा तयार भएको फिल्ममा अनमोलले गायक र सुहानाले उनको फ्यानको भूमिकामा निर्वाह गरेकी छिन् ।

फिल्मबाट सुहानाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्मलाई दर्शकले पनि निकै रुचाएका थिए । कोरोना भाइरसको महामारीका कारण आठ महिनादेखि राम्रो फिल्म हेर्न नपाएका र दर्शकले पनि लामो समयदेखि प्रतिक्षा गरेका कारण ‘ए मेरो हजुर ३’ यूट्युबमा सबैभन्दा धेरै पटक हेरिने पहिलो नेपाली फिल्म बन्ने अनुमान गरिएको छ ।

यो फिल्मको चौंथो पार्टको दशैंको फूलपातीबाट छायांकन भइरहेको छ । लकडाउन हुनुअगाडि करिब ५० प्रतिशत छायांकन सकिएको फिल्मको सम्पूर्ण छायांकन तिहारसम्म सक्ने तयारी गरिएको छ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्ममा दोस्रो पटक अनमोल र सुहानाले स्क्रिन शेयर गरेका छन् भने फिल्ममा अभिनेता सलोन बस्नेत र मोडल तथा गायक दुर्गेश थापाको पनि मुख्य भूमिका रहने छ ।