Rumpum Advertisement
Dazzu

आमाको गीतमा प्रेमीसँग साम्राज्ञीको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

आमाको गीतमा प्रेमीसँग साम्राज्ञीको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

विराटनगर, २० कात्तिक । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक म्युजिक भिडियोमा देखिएकी छन् ।

उनले आफ्नै आमा नेहा राज्यलक्ष्मी शाहको स्वर रहेको गीत ‘तिमी र म’ बोलको गीतमा बनेको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । गीतलाई बोधी एचडी नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । भिडियोमा साम्राज्ञीका साथै उनका प्रेमी देवांश राणालाई देख्न सकिन्छ ।

गीतमा विराज गौतमको शब्द तथा संगीत रहेको छ । रमेश एमके पौडेलको प्रस्तुतिमा निर्माण भएको भिडियोलाई विषेशदेव पाण्डेले निर्देशन गरेका हुन् । साम्राज्ञी केही महिनाअघि नै आफ्नो औपचारिक इन्स्टाग्राममा प्रेमीसँगको तस्बिर सार्वजनिक गर्दै म्युजिक भिडियोमा काम गरेको जानकारी दिएकी थिइन् ।

आमाको गीतभन्दा पनि गीत राम्रो लागेर आफूले म्युजिक भिडियो अभिनय गरेको साम्राज्ञीले बताएकी छिन् ।