Rumpum Advertisement
Dazzu

युरोपा लिग : आज हुँदैछन् ४८ खेल, आर्सनल, टोटनह्याम र मिलान पनि प्रतिस्पर्धामा

युरोपा लिग : आज हुँदैछन् ४८ खेल, आर्सनल, टोटनह्याम र मिलान पनि प्रतिस्पर्धामा

विराटनगर, २० कात्तिक । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा आज ४८ खेल हुँदैछन् । समूह चरणको तेस्रो खेलअन्तर्गत आज ९६ टोली प्रतिस्पर्धामा छन् ।

आज आर्सनल, टोटनह्याम एसी मिलान, नापोली, एएस रोमालगायत टोली प्रतिस्पर्धामा छन् ।

र्सनलले मोल्डेसँग खेल्दैछ । यो खेल राति १ः४५ बजे आर्सनलको मैदानमा हुनेछ । यसैगरी मिलानले सोही समय लिलेसँग प्रतिस्पर्धा गर्दैछ ।

राति ११ः४० बजे टोटनह्यामले लुडोगोरेट्ससँग उसैको मैदानमा खेल्दैछ । नापोलीले रिजेकासँग राति ११ः४० बजे उसैको मैदानमा खेल्दैछ भने सोही समय रोमाले सीएफआर क्लुजलाई आफ्नो मैदानमा आतिथ्यता प्रदान गर्दैछ ।