Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणमुक्त भइन् ऋचा शर्मा

कोरोना संक्रमणमुक्त भइन् ऋचा शर्मा

विराटनगर, २० कात्तिक । अभिनेत्री ऋचा शर्मा कोरोना मुक्त भएकी छिन् ।

तीन हप्ताअगाडि कोरोना संक्रमण पुष्टि भएको उनले सेल्फ क्वारेन्टिनमा बसेर कोरोनालाई जितेकी छन् । उनले फेसबुकमार्फत् आफू कोरोनामुक्त भएको जनाएकी गराएकी हुन् । गएको मंगलबार गराएको पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

आफूले कोरोना जितेको खुसी साट्दै कोरोना जित्न आफूले गरेको काम, खानपान तथा जीवनशैलीबारे छिटै जानकारी गराउने लेखेकी छिन् । साथै उनी लेख्छिन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व हो । भनिन्छ, पढेर जानिन्छ कि परेर । यस भयावह अवस्थाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगेँ ।

पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेंटिनमा बसी सम्पूर्णरुपमा स्वस्थ भएको छु । कोरोनाको बारे हालसम्म सम्पूर्ण ज्ञान नभएको हुँदा नेपालजस्तो विकासोन्मुख देशमा संक्रमण फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न सबैलाई अनुरोध गर्दै ऋचाले सम्पूर्ण अग्रपंक्तिमा रहेर सेवा पुर्‍याउनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।