Rumpum Advertisement
Dazzu

वीपीमा २३ वर्षीय महिलासहित तीनजनाको मृत्यु

वीपीमा २३ वर्षीय महिलासहित तीनजनाको मृत्यु

विराटनगर २० कात्तिक । वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा बिहीबार तीनजनाको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत कोभिड–१९ बाट संक्रमित दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । कोभिड–१९ को संक्रमणबाट मोरङको एकजना पुरुष, सुनसरीको एक महिला र सप्तरीका एक पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा उपचाररत मोरङका ६९ वर्षी पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या पहिलादेखि नै रहेको अस्पतालले जनाएको छ । त्यसैगरी मृत्यु हुनेमा सुनसरीकी २३ वर्षीया एक महिला रहेकी छन् । उनमा पनि दीर्घरोग रहेको अस्पतालले जनाएको छ । उनको बिहीबार बिहान ३ः१५ मा मृत्यु भएको थियो ।

प्रतिष्ठानका कोभिड अस्पतालमा उपचाररत सप्तरीका ६५ वर्षीय पुरुषको पनि बिहीबार ८ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिए ।