Rumpum Advertisement
Dazzu

खुकुरी प्रहार गरेर पूर्व पत्नीको हत्या

खुकुरी प्रहार गरेर पूर्व पत्नीको हत्या

सोलुखुम्बु, २० कात्तिक । सोताङ गाउँपालिका–३ मा खुकुरी प्रहार गरेर एक व्यक्तिले पूर्व पत्नीको हत्या गरेका छन् ।

२९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग दोस्रो विवाह गरेर गएको प्रहरीको भनाइ छ ।

स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले टाउको तथा शरीरको अन्य विभिन्न भागमा खुकुरी प्रहार गरी सोमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए । इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको नेतृत्वमा खटिएको टोलीले पूर्व पत्नीको हत्यामा संलग्न होमबहादुरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा राखिएको छ भने आरोपितलाई जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै छ । रासस