Rumpum Advertisement

टर्किस क्लबसँग युनाइटेड स्तब्ध

टर्किस क्लबसँग युनाइटेड स्तब्ध

विराटनगर, २० कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । बुधबार राति भएको समूहको खेलमा युनाइटेड टर्किस क्लब स्तानबुल बसाखसेरसँग २–१ गोलले पराजित भएको हो ।

बसाखसेरको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको १२औं मिनेटमा डेम्बा बाले गोल गरेपछि घरेलु टोलीले अग्रता बनाएको थियो ।

४०औं मिनेटमा इडिन भिस्काले गोल गर्दै बसाखसेरको अग्रता दोब्बर बनाए । ४३औं मिनेटमा युनाइटेडका एन्थोनी मार्सियलले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, बाँकी समय गोल नहुँदा युनाइटे स्तब्ध भयो ।

यससँगै बसाखसेरले पहिलो जित निकालेको छ । ऊ समूह ‘एच’को चौथो स्थानमा छ । युनाइटेड भने ६ अंकका साथ शीर्ष स्थानमा छ ।