Rumpum Advertisement
Dazzu

दस खेलाडीमा सीमित सेभिल्लाको साघुँरो जित

दस खेलाडीमा सीमित सेभिल्लाको साघुँरो जित

विराटनगर, २० कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साघुँरो जित निकालेको छ । बुधबार राति भउको समूह चरणको तेस्रो खेलमा रसियन क्लब क्रान्स्नोडरमाथि ३–२ गोलको जित निकालेको हो ।

घरेलु मैदानमा सेभिल्लाले पाहुना टोलीको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । खेलको १७औं मिनेटमा मगोमेद सुलेमानोभले गोल गर्दै क्रान्स्नोडरलाई सुरुआती अग्रता दिलाए ।

२१औं क्रान्स्नोडरले पेनाल्टीको मौका पाएको थियो । जसमा मार्कुस बर्गले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

४२औं मिनेटमा इभान राकिटिकले गोल गर्दै सेभिल्लालाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफको इन्ज्युरी समयमा सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो । सेभिल्लाका जेसस नाभासले रातो कार्ड पाउँदै मैदानबाट बिदा लिएका थिए ।

खेलको ६९औं युसुफ एन–नेसरीले गोल गर्दै सेभिल्लालाई बराबरीमा फर्काए । ७२औं मिनेटमा उनले दोस्रो गोल गर्दै सेभिल्लालाई ३–२ गोलको जित दिलाए ।

जितसँगै समूह ‘ई’को सेभिल्लाले ३ खेलबाट ७ अंक जोडेको छ । ऊ सो समूहको दोस्रो स्थानमा छ । क्रान्स्नोडर भने एक अंकका साथ तेस्रो स्थानमा छ ।