Rumpum Advertisement
Dazzu

टिमोको दुई गोल, चेल्सीको सहज जित

टिमोको दुई गोल, चेल्सीको सहज जित

विराटनगर, २० कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ ।

बुधबार राति समूह चरणको तेस्रो खेल खेलेको चेल्सीले फ्रेन्च क्लब रेन्नेजमाथि ३–० गोलको सहज जित निकालेको हो ।

चेल्सीको मैदानमा टिमो वेर्नरले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ४०औं मिनेटमा रेन्नेज दस खेलाडीमा सीमित बनेको थियो ।

डाल्बर्ट हेनरिक चागास स्टेभाओले रातो कार्ड खाँदै मैदानबाट बिदा लिँदा चेल्सीले पेनाल्टीको मौका पाएको थियो । जसमा, वेर्नरले गोल गर्दै पहिलो हाफभरि २–० गोलको अग्रता दिलाए ।

खेलको ५०औं मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीलाई ३-० गोलको जिताए ।

जितसँगै समूह ‘इ’को चेल्सीले ७ अंक जोडेको छ । ऊ सो समूहको शीर्ष स्थानमा छ । पराजित रेन्नेज भने एक अंकका साथ चौथो स्थानमा छ ।