Rumpum Advertisement
Dazzu

भारतसँग चिसिएको सम्बन्ध सुधारको अपेक्षा

भारतसँग चिसिएको सम्बन्ध सुधारको अपेक्षा

विराटनगर, २० कात्तिक । तीन दिने औपचारिक भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौंमा छन् ।

नेपाली सेनाको निमन्त्रणामा नेपाल आएका उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै छ । नरवणेको यो भ्रमणसँगै सीमा विवादका कारण नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधारको अपेक्षा दुवै देशले गरेका छन् ।

बुधबार भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल पुगेका उनी धार्मिक भ्रमणमा निस्किए । उनले धार्मिक भ्रमणका क्रममा नेपाली ढाका टोपी लगएका छन् । पत्नी विनासहित उनले बुधबार वसन्तपुरमा जीवित देवी कुमारीको दर्शनसमेत गरेका छन् । त्यसलगत्तै उनी पशुपतिनाथको दर्शनका लागि गौशाला पुगेका थिए । नरवणेको नेपाल भ्रमणको मुख्य औपचारिक कार्यक्रम आज (बिहीबार)का लागि तय गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा उनलाई आज नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न दिने कार्यक्रम तय भएको छ । सलगत्तै उनको उच्चस्तरीय औपचारिक भेटघाट सुरु हुनेछ । रनवणेले आजै समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जंगी अड्डाले जनाएको छ । सो क्रममा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल हुनेछ ।

नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि विवादित बनेका नरवणेको भ्रमणलाई दुई देशबीचको चिसिएको सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ । नेपाल र भारतका अधिकारीहरूले नरवणेको भ्रमणपछि दुई देशबीच कूटनीतिक वार्ताको पहल हुन सक्ने आँकलन गरेका छन् । नरवणेले शुक्रबार प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नेछन् । आजको राजधानी दैनिकमा समाचार छ