Rumpum Advertisement
Dazzu

पहिरोमा पुरिएर पाँच मजदुरको मृत्यु

पहिरोमा पुरिएर पाँच मजदुरको मृत्यु

विराटनगर, २० कात्तिक । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पहिरोमा पुरिएर पाँच जना मजदुरको ज्यान गएको छ ।

पहिरोमा परेर मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ । उनीहरु सबै बुलिङटार–४ का हुन् ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा बुधबार दिउँसो ५ बजे सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा परी उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । ‘सडक निर्माणका क्रममा ७ जना मजदुरले जालीमा ढुंगा भर्दै थिए’, उनले भने, ‘त्यस क्रममा आएको पहिरोमा परेका दुई जनालाई प्रहरी र स्थानीयले उद्दार गरे । अरुको पहिरोमा परेर मृत्यु भयो ।’

गैंडाकोटदेखी राम्दीसम्म १ सय ३० किलोमिटर सडक निर्माण हुँदैछ । त्यस क्रममा खटिएका स्थानीयको पहिरोमा परेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताए ।