Rumpum Advertisement
Dazzu

मोरङ व्यापार संघको सदस्यमा बन्दना जैन मनोनित

मोरङ व्यापार संघको सदस्यमा बन्दना जैन मनोनित

विराटनगर, २० कात्तिक । मोरङ व्यापार संघको कार्यसमिति सदस्यमा वर्धमान इण्डष्ट्रिज विराटनगरकी सञ्चालिका बन्दना जैनलाई मनोनित गरिएको छ ।

उद्यमशिलमा महिलाको सक्षमता एवं पहुँचको कदर हुनु पर्ने मान्यता र महिला उद्यमीहरुलाईसमेत यथोचित स्थान दिई प्रोत्साहन गर्नुपर्ने धारणासहित अध्यक्ष प्रकाश मुन्दडाले संघको नियमावलीको दफा १६.१ (ङ) को व्यवस्था अनुरुप जैनलाई सदस्य मनोनित गरेका हुन् । जैन स्नाकोत्तर क्याम्पस विराटनगरकी उप–प्राध्यापकसमेत हुन् ।

मुन्दडाले संघको उद्देश्य प्राप्त गर्न महिला उद्यमीको भूमिका महत्वपूर्ण रहेको बताए । संघको इतिहास मै पहिलो पटक कार्यसमिति सदस्यको रुपमा महिला उद्यमीलाई मनोनित गरिएको हो । जसले लैंगिक समावेशितालाईसमेत महत्व दिएको छ । यसअघि अध्यक्ष मुन्दडाले उद्योगी श्याम राठीलाई संघको कार्य समिति सदस्यमा मनोनयन गरेका थिए ।