Rumpum Advertisement
Dazzu

अवे मैदानमा युभेन्टसको शानदार जित

अवे मैदानमा युभेन्टसको शानदार जित

विराटनगर, २० कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले शानदार जित निकलोको छ ।

बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा युभेन्टसले हंगेरियन क्लब फेरेन्सभारोसमाथि ४–१ गोलको शानदार जित निकालेको हो ।

फेरेन्सभारोसको मैदानमा युभेन्टसलाई जिताउन अल्भारो मोरोटाले दुई गोल गरे भने पाउलो डेबालाले एक गोल गरे । युभेन्टसले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

फेरेन्सभारोसका फ्रान्क बोलीले सान्त्वना गोल फर्काए ।

खेलको सातौं मिनेटमा क्वाड्राडोको पासमा गोल गर्दै मोरोटाले पहिलो हाफभरि युभेन्टसलाई अग्रता दिलाए ।

६०औं मिनेटमा उनले क्रिस्टियानो रोनाल्डोको पासमा दोस्रो गोल गर्दै मोरोटाले युभेन्टसको अग्रता दोब्बर बनाए ।

७२औं मिनेटमा पाउलो डेबालाले गोल गरेपछि युभेन्टसले ३–० गोलको अग्रता बनायो । उनी खेलकाे ६७औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरका थिए ।

८१औं मिनेटमा घरेलु टोलीका लाशा डीभालीले आत्मघाती गोल गरेपछि युभेन्टसले आफ्नो अग्रता ४–० गोलको बनाएको थियो । ९०औं मिनेटमा बोलीले सान्त्वना गोल गरे ।

जितसँगै युभेन्टसले दोस्रो जित निकालेको । युभेन्टस पहिलो खेलमा डायनामो किभमाथि २–० गोलले विजयी भएको थियो भने दोस्रो खेलमा बार्सिलोनासँग २–० गोलले नै पराजित भएको थियो ।

समूह ‘जी’मा युभेन्टसले ३ खेलबाट ६ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा छ ।

फेरेन्सभारोस भने एक अंकका साथ चौथो स्थानमा छ । उसले पहिलो खेलमा बार्सिलोनासँग ५–१ गोलको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा डायनामो किभसँग १–१ गोलको बराबरी खेलेको थियो ।