Rumpum Advertisement
Dazzu

कोरोनाका कारण एकै दिन नौ हजार आठ सयको मृत्यु

कोरोनाका कारण एकै दिन नौ हजार आठ सयको मृत्यु

विराटनगर, २० कात्तिक । कोरोना भाइरस संक्रमणका कारण विश्वमा एकै दिन नौ हजार आठ सय बढीको मृत्यु भएको छ ।

एकै दिन मृत्यु भएको यो संख्या पछिल्लो चार महिनायताकै उच्च हो । केही दिनयता दैनिक रुपमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसअघि दैनिक पाँच हजार हाराहारीमा संक्रमितको मृत्यु भइरहेको थियो । पछिल्लो २४ घण्टाभित्र नौ हजार आठ सय १७ जनाको मृत्यु भएसँगै विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ लाख २९ हजार पाँच सय ३८ पुगेको छ ।

विश्वमा संक्रमितको संख्या चार करोड ८३ लाख ८६ हजार नौ सय आठ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख ४३ हजार छ सय २९ जना नयाँ बिरामी थपिएका छन् । संक्रमितमध्ये तीन करोड ४६ लाख २३ हजार पाँच सय ४२ जना उपचारपछि निको भएका छन् । एक करोड २५ लाख ३३ हजार आठ सय २८ जना उपचाररत रहेकोमा ८९ हजार एक सय ६५ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टाभित्र एक हजार एक सय ४८ संक्रमितको मृत्यु भएको छ । अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या दुई लाख ३९ हजार सात सय ७६ पुगेको छ ।

अमेरिकामा हालसम्म ९७ लाख ९४ हजार तीन सय ३० जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन एक लाख एक हजार तीन सय ६४ नयाँ संक्रमित थपिए । अमेरिकामा एकै दिन थपिएको संक्रमित संख्या पछिल्लो चार महिनायताकै सबैभन्दा धेरै हो ।

संक्रमितमध्ये ६२ लाख ८२ हजार तीन सय ८८ जनाको उपचार सम्भव भएको छ । ३२ लाख ७२ हजार एक सय ६६ जना उपचाररत रहेकोमा १७ हजार आठ सय ९५ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा एकै दिन सात सय चार जनाको मृत्यु भएपछि ज्यान गुमाउने संक्रमितको संख्या एक लाख २४ हजार तीन सय ५४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार चार सय ६५ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ८३ लाख ६३ हजार चार सय १२ पुगेको छ ।

संक्रमितमध्ये ७७ लाख १० हजार छ सय ३० जना उपचारपछि घर फर्किएका छन् । पाँच लाख २८ हजार चार सय २८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टाभित्र छ सय २२ जनाको ज्यान गएसँगै ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या एक लाख ६१ हजार एक सय ७० पुगेको छ । २३ हजार आठ सय १५ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५५ लाख ९० हजार नौ सय ४१ पुगेको वाल्डो मिटरले जनाएको छ ।

ब्राजिलमा संक्रमितमध्ये ५० लाख ६४ हजार तीन सय ४४ जनाको उपचार सफल भएको छ । तीन सय ६५ हजार चार सय २७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।