Rumpum Advertisement
Dazzu

भोजपुरको अरुण गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु

भोजपुरको अरुण गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु

माेहन ढकाल

भाेजपुर, १९ कात्तिक । भाेजपुरकाे अरूण गाउँपालिकाका विद्यालयहरूमा पठनपाठन सुरु भएकाे छ ।

गाउँपालिकाकाे गाउँ शिक्षा समितिले कात्तिक ४ मा गरेकाे निर्णयअनुसार आइतबारबाट अरुण गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु भएकाे हाे ।

नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डअनुसार सावधानी अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् ।

गाउँपालिकाकाे सूचना साथै वडा शिक्षा समितिकाे निर्णयअनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै दुई सिफ्टमा पठनपाठन सुरु गरिएकाे विश्वप्रेमी माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमचन्द्र ढकालले बताए ।

कक्षा १ देखि ८ सम्म बिहान ९ बजेदेखि १२ बजेसम्म र ९ देखि १२ कक्षासम्म दिउँसाे १ बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन हुँदै आएका छन् ।

काेराेना भाइरस संक्रमण जाेखिमका बीच गत चैतदेखि बन्द विद्यालय सञ्चालन हुन थालेपछि विद्यार्थी हर्षित भएका छन् ।