Rumpum Advertisement
Dazzu

म्याराडोनाको मस्तिस्कको शल्यक्रिया

म्याराडोनाको मस्तिस्कको शल्यक्रिया

विराटनगर, १९ कात्तिक । अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनाको सफल शल्यक्रिया भएको छ । बिरामी परेर अस्पताल भर्ना भएका उनको मस्तिस्कको सफल शल्यक्रिया भएको अर्जेन्टिनी मिडियाहरूले जनाएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि विश्वकप विजेता म्याराडोना सोमबार अर्जेन्टिनाको ला प्लाटाको एक अस्पतालमा भर्ना भएका थिए । आफ्नो ६०औं जन्मदिन मनाएको तीन दिनपछि उनको स्वास्थ्यमा समस्या आएको हो ।

सन् १९८६ का विश्वकप विजेता म्याराडोनाले ३० अक्टोबरमा आफ्नो ६०औं जन्मदिन मनाएका थिए । डाक्टर लियोपोल्डो लुक्वेले बुधबार उनको सफल शल्यक्रिया गरेको जनाइएको छ । अहिले उनले आराम गरिरहेको पनि जनाइएको छ ।

पछिल्लो समय उनी जनवरी २०१९ मा बिरामी भइ अस्पताल भर्ना भएका थिए । सो समय उनको पेटमा समस्या रहेको बताइएको थियो ।