Rumpum Advertisement
Dazzu

स्काउट प्रदेश समितिको पदस्थापन

स्काउट प्रदेश समितिको पदस्थापन

विराटनगर, १९ कात्तिक । स्काउट प्रदेश १ का तदर्थ समितिका संयोजक तथा सदस्यले पदभार ग्रहण गरेका छन् ।

प्रदेश नम्बर १ का माननीय मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थीतिमा सपथ ग्रहण गरी पदभार ग्रहण गरेका हुन् ।

विराटनगरमा आयोजित समारोहमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले प्रदेश स्काउट संरक्षकसमेत रहेका मुख्यमन्त्री र स्काउट प्रदेश प्रमुखसमेत रहेका मन्त्री जीवन घिमिरेलाई स्काउटको दीक्षा प्रदान गरेका थिए ।

त्यसपछि प्रदेश स्काउटका संयोजक तथा सदस्यलाई मन्त्री घिमिरेले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संघीय ढाँचाअनुरूपको परिवर्तनलाई अब कसैले रोक्न नसक्ने बताए ।