Rumpum Advertisement
Dazzu

बंगलादेशविरुद्ध खेल्ने नेपाली टोली घोषणा

बंगलादेशविरुद्ध खेल्ने नेपाली टोली घोषणा

विराटनगर, १९ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ । बुधबार एन्फाले बंगलादेशविरुद्ध खेल्ने २५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

गोलकिपर किरण चेमजोङले कप्तानी गर्ने टोलीमा अनुभवी खेलाडी रोहित चन्द भने समावेश छैनन् । घाइते भएका कारण उनलाई टोलीमा नराखिएको हो । यसैगरी फरवार्ड अभिषेक रिजाल पनि टिममा छैनन् ।

नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले बंगलादेशसँग ढाकामा पहिलो मैत्रीपूर्ण खेल आगामी कात्तिक २८ गते र दोस्रो मंसिर २ गते खेल्दै छ । यो खेल ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुनेछ ।

यसका लागि एन्फाले खेलाडीहरूलाई प्रशिक्षण दिइरहेकाे थियो ।

२०७२ को भूकम्पपछि राष्ट्रिय टोलीलाई पहिलोपटक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण दिइएको हो ।

नेपालले मुख्य प्रशिक्षणको जिम्मा पूर्व राष्ट्रिय खेलाडी बाल गोपाल महर्जनलाई दिएको छ । यसैगरी टोलीको सहायक प्रशिक्षकको जिम्मेवारीमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

फुटबलको विश्व वरीयातामा नेपाल १७० र बंगलादेश १८७ मा रहेका छन् ।

यस्तो छ नेपाली टिम

किरण चेमजोङ (कप्तान), अजित भण्डारी, अञ्जन विष्ट, अरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ