Rumpum Advertisement
Dazzu

भारतीय सेनाध्यक्ष नरवणे वसन्तपुर र पशुपतिक्षेत्रमा

भारतीय सेनाध्यक्ष नरवणे वसन्तपुर र पशुपतिक्षेत्रमा

काठमाडौं, १९ कात्तिक । बुधबार नेपाल भ्रमणका लागि आएका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।

वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेकाे सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

भारतीय सेनाध्यक्ष नरवणेले आजै साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरे ।