Rumpum Advertisement
Dazzu

ट्रम्पको आदेशपछि राष्ट्रपतीय निर्वाचनको मतगणना एक्कासी रोकियो

ट्रम्पको आदेशपछि राष्ट्रपतीय  निर्वाचनको मतगणना एक्कासी रोकियो

विराटनगर, १९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि राष्ट्रपतीय निर्वाचनको मतगणना एक्कासी रोकिएको छ ।

मतगणनाको क्रममा धाँधली भएको भन्दै ट्रम्पले मतगणना रोक्न आदेश दिएपछि मतगणना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मतगणना रोकिएपछि सत्तारूढ रिपब्लिकन दलकै केही कानूनविद्हरूले राष्ट्रपतिको आदेश गैरजिम्मेवार, गलत र आपत्तिजनक भएको बताएका छन् ।

मतगणनाको पछिल्लो स्थितिमा राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो अवस्थामा बाइडनको पक्षमा २२० र राष्ट्रपति ट्रम्मको पक्षमा २१३ निर्वाचक मत प्राप्त भइसकेको छ ।

कुल ५ सय ३८ निर्वाचक मतमध्ये निर्वाचन जित्न २ सय ७० मत ल्याउनुपर्ने प्रावधान छ । अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटमा सत्तारूढ रिपब्लिकन दलको ४७ स्थान र विपक्षी डेमोक्रयाटिक दलको ४६ स्थान भएको छ ।

बाँकी ७ स्थानको नजिजा आउन बाँकी छ । यसैगरी तल्लो सदन प्रतिनिधि सभाका ४३५ स्थानमध्ये डेमोक्रयाटिक दलले १७५ र रिपब्लिकन दलले १५८ स्थान जितेका छन् । बाँकी स्थानको नतिजा आउन बाँकी छ।