Rumpum Advertisement
Dazzu

रिक्की पुग टोलीमा फर्किए

रिक्की पुग टोलीमा फर्किए

विराटनगर, १९ कात्तिक । बार्सिलोनाका मिडफिल्डर रिक्की पुग टोलीमा फर्किएका छन् । केही समयदेखि टोलीमा पर्न असफल स्पेनिस स्टार पुगलाई प्रशिक्षक रोनाल्ड कोइम्यानले च्याम्पियन्स लिग खेल्ने टोलीमा समावेश गरेका हुन् ।

स्पेनिस क्लब बार्सिलोनाले आज च्याम्पियन्स लिगमा युक्रेनको क्लब डायनामो किभसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाले समूह चरणको तेस्रो खेलअन्तर्गत डायनामो किभसँग खेल्न लागेको हो ।

नेपाली समयानुसार राति १ः४५ बजे हुने उक्त खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ । यस खेलमा घरेलु टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि उसले पहिलो खेलमा फेरेन्सभारोसमाथि ५–१ गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युभेन्टसलाई २–० गोलको जित निकालेको थियो ।

यस खेलका लागि कोइम्यानले २१ वर्षीय पुगलाई पनि टोलीमा राखेका छन् । पुगसँगै गोलरक्षक मार्क–आन्द्रे टर स्टेगन पनि टोलीमा फर्किएका छन् ।

चोटका कारण केही समयदेखि मैदानबाहिर रहेका जर्मन गोलकिपर टर स्टेगन टोलीमा फर्किएका हुन् । यसै समरमा दाहिने घुडाँको शल्यक्रिया गरेका उनले २०२०–२१ को सिजनमा खेल्न पाएका थिएनन् । उनको स्थान नेटोले लिइरहेका थिए ।