Rumpum Advertisement
Dazzu

लक्षण देखिएपछि कोरोना जाँच, रिपोर्ट आएपछि आत्महत्या

लक्षण देखिएपछि कोरोना जाँच, रिपोर्ट आएपछि आत्महत्या

विराटनगर, १९ कात्तिक । झापामा कोरोना संक्रमित किशोरीले आत्महत्या गरेकी छन् । दमक नगरपालिका-५ की एक युवतीले घरमै आत्महत्या गरेकी हुन्।

दमक–५ की २२ वर्षीय दीक्षा लिम्बू आफ्नै कोठामा मृत भेटिएको वडा अध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइतबार बुबासँगै युवतीले पीसीआर जाँचका लागि स्वाब दिएकी थिइन् ।

मंगलबार बेलुका पोजेटिभ रिपोर्ट आएको थियो । बुबाको भने नेगेटिभ आएको अध्यक्ष तामाङले बताए ।

उनले युवतीको आत्महत्याको कारण कोरोना नभई अरु नै भएको हुनसक्ने बताए । ‘रिपोर्ट मंगलबार आएको भएपनि युवतीले जानकारी पाएको थिएन होला,’ उनले भने, ‘राति करिब ११ बजे घटना भएकाे रहेछ ।’ युवती बीएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।