Rumpum Advertisement
Dazzu

प्रदेश १ मा बुधबार ४२२ कोरोनामुक्त, ३०४ कोरोना संक्रमित थपिए

प्रदेश १ मा बुधबार ४२२ कोरोनामुक्त, ३०४ कोरोना संक्रमित थपिए

विराटनगर, १९ कात्तिक । प्रदेश १ मा बुधबार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा ४६ महिला र ६५ पुरुष गरी १११ जनामा संक्रमण देखिएको छ । मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७–७, उर्लाबारी र ग्रामथानमा ३–३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बूढीगंगामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४–४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १–१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ ।

प्रदेश १ मा आज ४२२ जना डिस्चार्ज भएका छन् । होमआइसोलेशनबाट २३४, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आइसोलेशन, र बैजनाथपुर आइसोलेशनबाट ७–७, नोबेल अस्पताल र बेलबारी आइसोलेसनबाट ६–६, धाइजन आइसोलेशन केन्द्र र न्युरो अस्पतालबाट ४–४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आइसोलेशनबाट ३–३, कोभिड १९ आइसोलेशन अस्पताल, कोभिड १९ आइसोलेशन केन्द्र रंगेली र मेची अस्पतालबाट २–२, इलाम अस्पताल, कोभिड १९ आइसोलेशन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र बी जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १०१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ६४ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।