Rumpum Advertisement
Dazzu

टर स्टेगन च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाको टोलीमा फर्किए

टर स्टेगन च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाको टोलीमा फर्किए

विराटनगर, १९ कात्तिक । स्पेनिस क्लब बार्सिलोनाका गोलरक्षक मार्क–आन्द्रे टर स्टेगन टोलीमा फर्किएका छन् । चोटका कारण केही समयदेखि मैदानबाहिर रहेका जर्मन गोलकिपर टर स्टेगन च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाको टोलीमा फर्किएका छन् ।

बार्सिलोनाले समूह चरणको तेस्रो खेलअन्तर्गत डायनामो किभसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने उक्त खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।

यस खेलमा घरेलु टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि उसले पहिलो खेलमा फेरेन्सभारोसमाथि ५–१ गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युभेन्टसलाई २–० गोलको जित निकालेको थियो ।

यस खेलबाट टर स्टेगन टोलीमा फर्किन लागेका हुन् । उनलाई प्रशिक्षक रोनाल्ड कोइम्यानले टोलीमा राखेका छन् । यसै समरमा दाहिने घुडाँको शल्यक्रिया गरेका उनले २०२०–२१ को सिजनमा खेल्न पाएका छैनन् । उनको स्थान नेटोले लिइरहेका थिए ।