Rumpum Advertisement
Dazzu

ठूलो परिमाणमा पटकासहित तीन जना पक्राउ

ठूलो परिमाणमा पटकासहित तीन जना पक्राउ

विराटनगर, १९ कात्तिक । सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा रहेको एक किराना पसलबाट ठूलो परिमाणको पटकासहित ३ जना पक्राउ परेका छन् ।

बुधबार दिउँसो प्रहरीले पटकासहित इटहरी उपमहानगरपालिका–११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय गणेश चौधरी र किराना पसल सञ्चालक ताहिर मियाँलाई पक्राउ गरेको हो ।

मियाको किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरू भण्डारण, ओसार–पसार तथा बिक्रीवितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल विभिन्न किसिमका पटका बरामद गरेको हो ।

पटकासहित पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी कानुनी कारवाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा र नकलबन्दाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उक्त मूल्य बराबरको पटका बरामद गरेको हो । बरामद भएको पटकाहरू आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उक्त कार्यालयले जनाएको छ ।