Rumpum Advertisement
Dazzu

अभिनेता फराज खानको निधन

अभिनेता फराज खानको निधन

विराटनगर, १९ कात्तिक । अभिनेता फराज खानको निधन भएको छ । बुधबार ४६ बर्षका खानको बेलगुरुको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

लामो समयदेखि अस्पतालमा उपचारत रहेका खानको निधन भएको अभिनेत्री तथा फिल्म निर्माता पूजा भट्टले ट्वीटरमार्फत जानकारी दिएकी हुन् ।

केही साताअघि मात्र फराजलाई मस्तिष्कमा संक्रमण भएको बताउँदै  पूजाले मद्दतसमेत गरेकी थिइन् ।

अभिनेता सलमान खानले पनि मद्दतका लागि फराजको अस्पतालको खर्च ब्यहोरेका थिए । भारतीय मिडियाका अनुसार उनलाई गत वर्षदेखि लगातार खोकी र छातीमा इन्फेक्शनसमेत रहेको थियो, जुन दिमागभरि फैलियो ।

फराज खान एक १९९० को दशकका चर्चित अभिनेता थिए । उनले ‘मेहन्दी’, ‘फरेब’, ‘दुल्हन बनू मैं तेरी’, र ‘चाँद बुझ गया’ जस्ता फिल्ममा काम गरेका छन् ।

खानको निधनले बलिउड फिल्म उद्योग पुन एकपटक शोकमा डुबेको छ ।