Rumpum Advertisement

विश्वको कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल ३४औं नम्बरमा

विश्वको कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल ३४औं नम्बरमा

विराटनगर, १९ कात्तिक । कोभिड १९ नेपालमा तीब्र रूपमा फैलिरहेको बेलामा वर्ल्डोमिटरका अनुसार हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल ३४औं नम्बरमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९ सय २३ पुगेको छ । जसमध्ये एक लाख ४४ हजार ९ सय ७८ कोरोना संक्रमणमुक्त भएका छन् ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ । आज थप ३० जनाको कोरोना संक्रमणबाट ज्यान गएसँगै हालसम्म १ हजार ३४ जनाको मृत्यु भइसकेको छ ।

साथै, नेपाल एसीयाली मुलुकमा ११ नम्बर र दक्षिण एसियाका राष्ट्रमध्ये चौथो धेरै संक्रमित भएको देश बनेको छ ।