Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा आज १८ सय ७८ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १८ सय ७८ संक्रमित थपिए

काठमाडौं, १९ कात्तिक । काठमाडौं उपत्यकामा बुधबार थप १८ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८ सय ७८ जना संक्रमित भेटिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा १५ सय ७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

बुधबार थप ३८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ४४ हजार ९७८ पुगेको छ ।

आज थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ३४ पुगेको छ ।