Rumpum Advertisement

आज एकै दिन ३० संक्रमितको मृत्यु

आज एकै दिन ३० संक्रमितको मृत्यु

विराटनगर, १९ कात्तिक । नेपालमा बुधबार थप ३० जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट ज्यान गएको जनाएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

बुधबार थप ३८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ४४ हजार ९७८ पुगेको छ ।