Rumpum Advertisement

ग्रामथानकी संक्रमित महिलाको घरमै मृत्यु

ग्रामथानकी संक्रमित महिलाको घरमै मृत्यु

विराटनगर, १९ कात्तिक । मोरङको ग्रामथानमा घरमै बसेकी संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित मोरङको ग्रामथानकी महिलाको बुधबार दिउँसो घरमै मृत्यु भएको हो ।

वडा अध्यक्ष रमेशकुमार माझीका अनुसार ग्रामथान गाउँपालिका–७ की ६० वर्षीया वृद्धाको दिउँसो २ः३० बजेतिर मृत्यु भएको हो ।

पीसीआर परीक्षण गराउँदा कात्तिक १३ गते रिपोर्ट पोजेटिभ आए पनि वृद्धालाई घरमै होम आइसोलेसनमा राखिएको थियो ।

स्वास्थ्यमा एक्कासी समस्या आए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै घरमै ज्यान गएको माझीले बताए । मृतकमा मुटुसम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ ।