Rumpum Advertisement

बुधबार ३८ सय ४४ जना कोरोनामुक्त

बुधबार ३८ सय ४४ जना कोरोनामुक्त

विराटनगर, १९ कात्तिक । नेपालमा बुधबार थप ३८ सय ४४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ३८ सय ४४ जना कोरोनामुक्त भएको जनाएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ४४ हजार ९७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

आज थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ३४ पुगेको छ ।