Rumpum Advertisement
Dazzu

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुग्यो

विराटनगर, १९ कात्तिक । नेपालमा बुधबार थप ३३ सय ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको हो ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

बुधबार थप ३८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ४४ हजार ९७८ पुगेको छ ।

आज थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ३४ पुगेको छ ।