Rumpum Advertisement
Dazzu

च्याम्पियन्स लिगमा बायर्नले बनायो कीर्तिमान

च्याम्पियन्स लिगमा बायर्नले बनायो कीर्तिमान

विराटनगर, १९ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता बायर्न म्युनिखले नयाँ रेकर्ड बनाएको छ । मंगलबार राति भएको समूह चरणको खेलमा जर्मन क्लब बायर्नले अष्ट्रियन आरबी साल्जबर्गमाथि ६–२ गोलान्तरको जित निकालेको थियो ।

साल्जबर्गको मैदानमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने जेरोमे बोयटाङ, लेरोय साने र लुकास हर्नान्डेजले समान एक–एक गोल गरे । यस्तै बायर्नले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

जितसँगै बायर्नले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएको छ । ऊ च्याम्पियन्स लिगको अन्तिम १५ मिनेटमा चार गोल गर्ने पहिलो क्लब बनेको छ । बायर्नले ११ मिनेटभित्र चार गोल गरेको थियो ।

खेलको ७९औं मिनेटमा बोयटाङले गोल गरेका थिए भने ८३औं मिनेटमा लेरियो सानेले, ८८औं मिनेटमा लेवान्डोस्कीले र इन्ज्युरी समयमा लुकास हर्नान्डेजले गोल गरेका थिए ।

जितसँगै समूह ‘ए’को शीर्ष स्थानमा रहेको बायर्नले ३ खेलबाट ९ अंक बनाएको छ । लेइपिज १ अंका साथ पुछारमा छ ।