Rumpum Advertisement
Dazzu

अमेरिकी निर्वाचन २०२० : मतगणना जारी ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा

अमेरिकी निर्वाचन २०२० : मतगणना जारी ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा

विराटनगर, १९ कात्तिक । अमेरिकामा सम्पन्न भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी रहेको छ । निर्णायक भूमिका खेल्ने राज्यहरुको मतदात गणना जारी रहेकाले प्रारम्भिक नतिजासमेत आउन थालेको छ ।

इलेक्टोरेल कलेज मतको आधारमा आगामी राष्ट्रपतिको बारेमा निक्र्यौल हुनेछ । इलेक्टोरेल कलेजमा २७० प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति बन्न पाउनेछन् । हालसम्मको नतिजाअनुसार जोड बाइडेन र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । जोड बाइडेनले २२० इलेक्टोरेल भोट प्राप्त गरेका छन् भने ट्रम्पले २१३ इलेक्टोरेल मत प्राप्त गरेका छन् । सम्पूर्ण मत परिणामले भन्दा पनि इलेक्टोरल कलेज मतगणनाले राष्ट्रपति बन्नमा प्रमुख भूमिका खेल्नेछ ।

५० वटा राज्यमै मतगणना भइरहको भएता पनि अहिले निर्णायक मानिने राज्यहरुको मतगणनामा विश्वभरिको नजर गएको छ । पेन्सिलिभानिया, फ्लोरिडा, जर्जिया, विस्कोस्सिन, मिशिगन, टेक्सास, नर्थ क्यारोलिना, एरिजोन र वासिङटनको मत परणाम राष्ट्रपति चयनको लागि महत्वपूर्ण हुनेछ ।

मतगणनाको काम जारी रहेता पनि बाइडेन र ट्रम्प दुवैले विजय प्राप्त गर्ने दावी गरिरहेका छन् । मतगणना जारी भइरहेका बेलामा समेत डोनाल्ड ट्रम्पले हुलाकी र मेल–इन प्रक्रियाबाट भएको मतदानमा धाँधली भएको प्रतिक्रिया दिइरहेका छन् । यसको प्रमाण के हुन सक्छ भनी उनले सबैसामु प्रश्न राखेका छन् । राष्ट्रियस्तरमा भएको अध्ययनले यस प्रकारको प्रक्रियामा धाँधली हुन नसक्ने तर थप प्रभावकारी हुने दावी गरिरहेका छन् ।