Rumpum Advertisement
Dazzu

निर्देशक दीपेन्द्र के खनाललाई पितृशोक

निर्देशक दीपेन्द्र के खनाललाई पितृशोक

विराटनगर, १९ कात्तिक । ‘पशुपति प्रसाद’ र ‘आमा’ जस्ता सफल फिल्मका निर्देशक दीपेन्द्र के खनाललाई पितृशोक परेको छ ।

उनका पिता श्यामकुमार खनालको उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि बिरामी रहेका श्यामकुमारको उपचारका क्रममा निधन भएको नेपाल चलचित्र निर्माता संघका प्रदर्शन तथा वितरण सभापति करण श्रेष्ठले जानकारी दिएका हुन् ।

६६ वर्षको उमेरमा निमोनियाका कारण मनमोहन अस्पतालमा उपचारत दीपेन्द्रका पिताको निधन भएको हो । दीपेन्द्रका पिताको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

निर्देशक दीपेन्द्र के खनाल हाल आफ्नो नयाँ फिल्म ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन गर्ने तयारीमा छन् ।