Rumpum Advertisement

बार्सिलोनालाई युक्रेनी क्लबको चुनौती

बार्सिलोनालाई युक्रेनी क्लबको चुनौती

विराटनगर, १९ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको तेस्रो खेल खेल्दैछ ।

नेपाली समयानुसार राति १ः४५ बजे हुने उक्त खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभसँग खेल्न लागेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा हुने यस खेलमा घरेलु टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि उसले पहिलो खेलमा फेरेन्सभारोसमाथि ५–१ गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युभेन्टसलाई २–० गोलको जित निकालेको थियो ।

डायनामो किभ भने एक अंकका साथ तेस्रो स्थानमा छ । उसले पहिलो खेलमा युभेन्टससँग २–० गोलको हार ब्यहोरेको थियो भने बसासखेरसँग २–२ गोलको बराबरी खेलेको थियो ।

आजको खेलमा डायनामो किभ दबाबमा छ । सिनियर टोलीका ६ खेलाडीमा कोरोना संक्रमण देखिएका कारण ऊ दबाबमा परेको हो ।

सिनियर टोलीका मात्र १३ खेलाडी स्पेन आइपुगेका छन् । डायनामोले बी टिमका ६ खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

सोही समूहका युभेन्टस र फेरेन्सभारोस पनि प्रतिस्पर्धामा छन् । यी दुईबीचको खेल पनि राति १ः४५ बजे नै हुनेछ । युभेन्टस ३ अंकसहित दोस्रो स्थानमा छ भने एक अंक भएको फेरेन्सभारोस चौथो स्थानमा छ ।