Rumpum Advertisement
Dazzu

खेलाडीको चोटको समस्यामा पीएसजी : आज लेइपिज भिड्दै

खेलाडीको चोटको समस्यामा पीएसजी : आज लेइपिज भिड्दै

विराटनगर, १९ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आज समूह चरणको तेस्रो खेल खेल्दैछ ।

नेपाली समयानुसार राति १ः४५ बजे हुने समूह चरणको खेलमा पीएसजीले जर्मन क्लब आरबी लेइपिजसँग खेल्दैछ ।

लेइपिजको मैदानमा हुन लागेको सो खेलमा पीएसजी दोस्रो जितको खोजीमा छ । यसअघि उसले म्यानचेस्टर युनाइटेडसँग २–१ गोलको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा स्तानबुल बसासखेरमाथि २–० गोलको जित निकालेको थियो ।

समूह ‘एच’ मा रहेको पीएसजी ३ अंकसहित दोस्रो स्थानमा छ । लेइपजिग भने समान अंकका साथ तेस्रो स्थानमा छ ।

लेइपिजले पहिलो खेलमा बसासखेरमाथि २–० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युनाइटेडसँग ५–० गोलले पराजित भएको थियो ।

अघिल्लो सिजनको च्याम्पियन्स लिगमा पीएसजी र लेइपिजले खेलेका थिए । सेमिफाइनलकाे उक्त खेलमा पीएसजीले ३-० गोलकाे जित निकाल्दै फाइनलमा स्थान बनाएकाे थियो ।

आजको खेलमा पीएसजीका मुख्य तीन खेलाडी हुनेछैनन् । नेयमार, किलियन एम्बाप्पे र माउरो इकार्डीले चोटका कारण यो खेल गुमाउने भएका छन् ।

यसै समूहका युनाइटेड र बसासखेर पनि प्रतिस्पर्धामा छन् । राति ११ः४० बजेबाट हुने उक्त खेल बसासखेरको मैदानमा हुनेछ । युनाइटेड ६ अंकसहित शीर्ष स्थानमा रहँदा अंकविहीन बसासखेर चौथो स्थानमा छ ।