Rumpum Advertisement
Dazzu

युभेन्टसलाई हंगेरियन क्लबको चुनौती

युभेन्टसलाई हंगेरियन क्लबको चुनौती

विराटनगर, १९ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा आज इटालियन क्लब युभेन्टसले समूह चरणको तेस्रो खेल खेल्दैछ ।

नेपाली समयानुसार राति १ः४५ बजे हुने यस खेलमा युभेन्टसले हंगेरियन क्लब फेरेन्सभारोससँग खेल्न लागेको हो ।

फेरेन्सभारोसको मैदानमा हुने यस खेलमा युभेन्टस दोस्रो जितको खोजीमा छ । युभेन्टस पहिलो खेलमा डायनामो किभमाथि २–० गोलले विजयी भएको थियो भने दोस्रो खेलमा बार्सिलोनासँग २–० गोलले नै पराजित भएको थियो ।

समूह ‘जी’मा युभेन्टस ३ अंकसहित दोस्रो स्थानमा छ । फेरेन्सभारोस भने एक अंकका साथ चौथो स्थानमा छ ।

उसले पहिलो खेलमा बार्सिलोनासँग ५–१ गोलको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा डायनामो किभसँग १–१ गोलको बराबरी खेलेको थियो ।

यसै समूहका बार्सिलोना र डायनामो प्रतिस्पर्धामा छन् । राति १ः४५ बजे हुने यस खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।

बार्सिलोना ६ अंकसहित शीर्ष स्थानमा छ भने डायनामो एक अंकका साथ तेस्रो स्थानमा छ ।